पहिरोमा भएको मानवयि क्षतीप्रती नेकपा पाल्पाद्धारा दुख व्यक्त

असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाले रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलौजा र सुरुङडाडा पहिरोमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

नेकपा पाल्पा अध्यक्ष नारायण प्रसाद आचार्यले विज्ञप्ति निकालेर पहिरो पीडितको उद्वार, राहत र सुरक्षित स्थानान्तरणका लागि सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ । तिन दिन देखी लगातार परेको पानीको कारण पाल्पा जिल्लाको विभिन्न स्थानमा वाढि र पहिरोले क्षती पुर्याएको र रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित सुरुङडाडामा पहिरो जाँदा मृत्यू भएकाहरु प्रती दुख प्रकट गरेको छ ।

पहिरोमा परि एक जनाको मृत्यु भएकोे र ५ जना बेपत्ता भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितको यो संवेदनशीलताप्रति पार्टीको तर्फबाट सहानुभूति प्रकट गरेको छ । नेकपा पाल्पाले वेपत्ताहरुको तीव्रतासाथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अत्यावश्यक सामग्रीहरु(खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न अध्यक्ष आचार्यले आग्रह गर्नुभएको छ ।

विज्ञप्ती जारी गर्दै नेकपाका नेता कार्यकर्तालाई उद्वार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि अपिल पनि गरिएको नेकपा पाल्पा प्रचार विभाग प्रमुख गुराँस आत्रेयले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय