
सुनिल कार्की ।
सिदार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । निरन्तर परेको भिषण वर्षासँगै बुटवल पाल्पा सडक खण्डको कालिमाटी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो । तिनाउ गाउँपालिका ५ मा कालिमाटीमा बर्षा हुन साथ पहिरो जाने समस्या रहेको छ । पहिरो हटाउनको लागि डिभिजन सडक कार्यालयसँग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ढुङगा सहितको पहिरो झरी रहेकोले पहिरो हटाउन समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीले जानकारी दिनुभयो । हिजो बेलुका ५ बजेको समयमा सिद्धबाबा क्षेत्रमा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो भने आज विहानै देखि कालिमाटी क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण बुटवल हुँदै पाल्पा,गुल्मी,अर्घाखाँची,स्याङजा,पर्वत,बाग्लुङ जाने सवारी झुम्सामै रोकिएका छन भने यता पाल्पा हुँदौ बुटवल,नवलपरासि,चितवन,काठमाण्र्डौ र नेपालगन्ज जाने सवारी साधन तानसेनको प्रभास,डुम्रे क्षेत्रमा रोकिएका छन । बुटवल पाल्पा सडक खण्ड अहिले विस्तारको क्रममा रहेको ठाउँ ठाउँमा पहिरोको उच्च जोखिम रहेको छ । अहिले सो सडक खण्डमा दर्जन बढी स्थानमा साना ठुला पहिरो गएका छन । सडकलाई किलिएर गर्न मौसमले साथ दिए दिउँसभर नै लाग्न सक्ने प्रभास प्रहरी चौकिले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले वर्षायामको सयमा बुटवल पाल्पा सडक खण्डमा जुनसुकै बेला पहिरो गई बाटो अवरुद्ध हुन सक्ने भएकोले वैकल्पीक सडक भएर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ ।