पाल्पामा एकै दिन ३० जनामा कोरोना देखियो,जनप्रतिनिधि देखि समुदाय सम्म फैलिएको आशंका

पाल्पा,
बुधबार एकै दिन पाल्पामा ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बेलुकी प्राप्त रिपोर्ट अनुसार रम्भा गाउँपालिकाका ९ जना र बाकी १९ जना तानसेन बजार क्षेत्रका हुन् । तानसेनका बतासेडाडा, कैलाशनगर, प्रभास , बर्तुग, बृन्दाबन , बिशालबजार लगाएतका क्षेत्रमा लिइएका स्वाबको रिपोर्ट रहेपनि यथार्थ जानकारी बिहिबार बिहान मात्रै प्राप्त हुने स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । स्रोतका अनुसार तानसेन नगरभित्रका जनप्रतिनिधिहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

तानसेन नगरभित्रका पुष्टि भएकाहरु ट्राभल हिष्ट्री नभएकाहरु समेत रहेकाले शमुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । बुधबार बिहान दुई जना तानसेन ८ मा एक जना र पूर्बखोला गाउँपालिकामा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । बुधबार थपिएका ३० जना संगै पाल्पामा संक्रमितको संख्या ६ सय ४२ पुगेको छ । कोरोना संक्रमण बाट पाल्पामा दुई जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय