पाल्पा ।
‘उज्यालो पाल्पा स्वच्छ तानसेन’ नगरी अभियान सार्थक बन्दै गएको छ । जिल्लाको भगवती टोल लगायतका विभिन्न ठाउँलाई बजार फिडर बाटै सप्लाई दिएपछि अभियान स्वारुप नयाँ इटा थपिएको हो ।
विद्युत कटौतिको समस्यालाई समधान गर्न विद्युत प्राधिकरण पाल्पा वितरण शाखाले सो क्षेत्रलाई बजार फिडरमै जोडेको विद्युत प्राधिकरण पाल्पा वितरण शाखाका प्रमुख ईन्जिनियर सुशील पौडेलले बताउनुभयो । अब बजारको उपल्लो भेगका उपभोक्ताले अन्य ठाउँको उज्यालो हेर्दै आफूहरुले मैन बत्ति खोज्नुपर्ने बाध्यताको अन्तय हुने प्रमुख पौडेलले जानकारी दिनुभयो । बजारबासीले बर्षो अघि देखि बजार फिडरबाट बत्ति विस्तार गर्न माग गर्दै आएको भए पनि विद्युत प्राधिकरण पाल्पा वितरण शाखाको प्रमुख भएर सुशील पौडेल आएपछि तानसेन बासीको सपना पुरा भएको हो ।
पाल्पा विद्युतको प्रमुख पौडेलले जिल्लाको विद्युत सुधार र चुहावटमा महत्वपुर्ण भुमिका निर्वाहा गर्दै आउनुभएको छ । साथै विद्युत प्राधिकरण पाल्पा वितरण शाखाले बजारबासीले समस्या समधान प्रति देखाएको धैर्यता प्रति विशेष धन्यवाद समेत ज्ञापन गरेको छ ।