पाल्पामा समुदाय स्तरका थप १२ जना कोरोना संक्रमण पुष्टी

पाल्पा ।
पाल्पामा आज एकै दिन १६ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको तिनाउ गाउँपालिकामा ८ जना,माथागढीमा ५ जना,रैनादेवि छहरा गाउँपालिकामा २ जना,बगनासकालि गाउँपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 

पाल्पामा आज थपिएका १६ जना कोरोना संक्रमित समुदाय स्तरका माथागढी गाउँपालिकामा ५ जना मध्ये २ जना समुदाय,रैनादेवि छहरा गाउँपालिकामा दुई र तिनाउ गाउँपालिकामा ८ जना समुदाय स्तरका कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

पाल्पामा समुदयस्तरमा हल सम्म रामपुर नगरपालिकामा २ जना,रम्भा गाउँपालिकामा ३ जना,माथागढी गाउँपालिकामा २ जना,तानसेन नगरपालिकामा ७ जना,रैनादेवि छहरा गाउँपालिकामा ३ जना,तिनाउ गाउँपालिकामा ९ जनामा गरि कुल २७ जना समुदाय स्तरका रहेका छन ।

पाल्पामा आज मात्रै १२ जनामा समुदायस्तरबाट संक्रमण पुष्टी भएको छ । सँगै कुल संक्रमितको संख्या ६०६ जना पुगेको छ । जसमध्ये ५५ जना महिला रहेका छन भने ५५१ जना पुरुष रहेका छन । जिल्लामा अहिले सम्म ५६३ जना निको भएर घर फर्की सकेका छन । दुई जनाको मृत्यु भईसकेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय