रम्भामा जिपको ठक्करबाट भुपाल सिंहको मृत्यु

पाल्पा, भाद्र २० ।

पाल्पाको रम्भा गाउँपालिका ५ मुडुलीचौपारिमा जिपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । रामपुर आर्याभन्जयाङ्ग पक्की सडकखण्डमा ना ३ च ८८०८ नंम्बरको बलेरो जिपले ठक्कर दिँदा सोही स्थानका भुपाल सिंह रानाको मृत्यु भएको जिल्ला प्ररही कार्यालय पाल्पाले जनाएको छ ।

खाद्यन्नको सामान लिएर आर्याभन्जयाङ्गबाट रामपुर तर्फ जाँर्दै गरेको जिप अनियन्त्रीत भई दुर्घटना भएको डिएसपी मदन गिरिले जानकारी दिनुभयो । घाइते भएका रानाको उपचारको लागि ताहँु प्रथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको डिएसपी गिरिले बताउनुभयो।

 

ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिई घटना बारे थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय