पाल्पामा थप ५ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ५८८ पुग्यो

पाल्पा ।
पाल्पामा होम क्वारेनटाइनमा आएर बसेका थप ५ जना कोरोना पुष्टी भएको छ । संक्रमण पुष्टी हुनेमा तानसेन नगरपालिकाका ४ जना र रिब्दीकोट गाउँपालिकाका एक जनामा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

संक्रमण पुष्टी हुनेमा तानसेन नगरपालिका १० का २ जना, तानसेन नगरपालिक ११ र १४ नंम्बर वडाका एक ÷एक जनामा कोरोना सङक्रमण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । संक्रमित रहेका मध्ये तानसेनमा ३ जना भारतबाट आएको र अर्का एक जना मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको सूचना अधिकारी पन्थीले जानकारी दिनुभयो । रिब्दीकोटका कोरोना पुष्टी भएका व्यक्ति बुटवलको प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन ।

अहिले पाल्पामा समुदाय स्तरका ६ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ८८ पुगेको छ । संक्रमितमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन भने २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय