विजयकुमार बौडेल ।
पाल्पा । पाल्पामा निर्माण सामग्री बोकेको मिनिट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्ला स्थित रामपुर नगरपालिका वडा नं. ४ सिताकुण्ड ठाँटीमा निर्माण सामग्री जाली बोकेको मिनिट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
हेटौंटा बाट रामपुर तर्फ आउँदै गरेको प्रदेश ३(००१ अ यो(००७१ नं. को मिनिट्रक दुर्घटना हुँदा सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नं. ६ का ३० बर्षिय सन्तोष गहतराज विकको ज्यान गएको हो । विकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा रोही स्थानमै बस्ने १६ बर्षिय राहुल विक घाईते भएका छन् ।
घाईते विकको रामपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ओरालो बाटोमा गाडी अनियन्त्रित भई दुर्घटना भएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।