पाल्पा,तानसेन ।
पाल्पामा एक आपसमा दुईवटा ट्रक ठोकिएका छन । जिल्लाको तानसेन –रिडि सडक खण्ड अन्र्तरगत रिब्दीकोट गाउँपालिका २ लघुवामा दुईवटा ट्रक ठोकिदा दई जना घाइते भएका छन ।
परासिको खैरेनिबाट सिमेन्ट लिएर गुल्मी तर्फ जाँदै गरेको लु १ ख ७८ २६ नंम्बको ट्रक र विपरित दिशाबाट आएको ना ३ ख ५७०५ नंम्बरको ट्रक एक आपसमा ठक्कर खाएका हुन । दुर्घटनामा सिमेन्ट बोकेको लु १ ख ७८२६ नंम्बरको ट्रक सडक देखि १५० मिटर तल बारीमा खस्दा रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ का चालक अवतार थारु र तिलोत्तमा नगरपालिका १४ का सह चालक देव नारायण थारु घाइते भएका छन ।
घाइते दुवैको लुम्बिेनि मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घाईतेहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरिले जानकारी दिनुुभयो । अर्को ट्रकमा सवार यात्रुको अवस्था भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाबारे हार्थोक प्रहरी चौकिको टोलि खटिई घटनाबारे थप अनुशन्धान भईरहेको छ ।