पाल्पामा ६ जना कोरोना संक्रमित थपिए

पाल्पा ।
पाल्पामा ६ कोरोना संक्रमित थपिएका छन । थपिएका सबै जिल्लाको तिनाउ गाउँपालिकाका हुन ।

गाउँपालिकाले निर्माण गरेको दोभान माविको क्वारेनटाइनमा भारतबाट आएर बसेका ६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पोजेटिभ देखिएका सबै पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकास पन्थीले बताउनुभयो । उनिहरु १० दिन अघि भारतबाट आएर क्वारेनटाएनमा बसेका थिए ।

संक्रमितलाई तानसेन नगरपालिका स्थित भुषलडाँडामा रहेको आइशोलेशनमा ल्याउने तयारी भईरहेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीमगरले बताउनुभयो ।
पाल्पामा आज थपिएका ६ जना सहित १६ जना संक्रिय संक्रमित रहेका छन । पाल्पामा समुदय स्तरबाट तीन र १४ जना भारतबाट आएर क्वारेनटाइनमा बसेकामा संक्रमण देखिएको छ । जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढीरहेको छ ।

जिल्लाको तिनाउ गाउँपालिकामा समुदाय स्तरबाट एक जना कोरोना संक्रमित भेटीएपछि समुदाय स्तरबाट ठुलो संख्यामा स्वाब संकलन गरिएको छ । त्यसको नतिजा आउन बाँकी रहेको छ । पाल्पामा भेटीएका कुल ५ सय ७९ मध्ये ५ सय ६१ जना कोरोना जितेर घर फर्कीएका छन भने पाल्पाको पुर्वखोलाका एक पुरुष र तानसेनकी कोरोना पोजेटिभ एक महिलाको मृत्यु भएको छ ।

योसँगै पाल्पामा कोरोना पोजेटिभ भएर मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय