पाल्पामा दोस्रो कोरोना संक्रमितको मृत्यु

पाल्पामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको तानसेन ८ मदनपोखरा पिपलडाँडाकी वर्ष ३० की दान कुमारी गाहाको मृत्यु भएको हो ।
८ दिन अघि उपचारको लागि लुम्बिेनि मेडिकल कलेज प्रभास पुगेकी गाहालाई कोरोनासँग मिल्दो जुल्दो लक्ष्ण देखिपछि स्वाब संकलन गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

यही भदौं ५ गते तिजको दिन स्वास्थ्यमा समस्या भएपछि उनि उपचारको लागि मेडिकल कलेज प्रभास पुगेकी थिइन् । विरामीमा कोरोनासँग मिल्दो जुल्दो लक्ष्ण देखिए पछि भर्दौ ६ गते स्वाब संकलन गरि पठाईएको थियो । उनको भदौं ७ गते कोरोना परिक्षण रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकास पन्थीले जानकारी दिनुभयो ।

संक्रमित गाहाको लुिम्बेनी मेडिकल कलेजको आइसोलेशनमा विगत ६ दिन देखि उपचार भइरहेको थियो । संक्रमित शुक्रबार विहान देखि बढी अत्तिएपछि भेन्टीलेटरमा राखेर उपचार भईहरको र बेलुका ६ ३० बजे उपचारको क्रममा मृत्यु भएको लुम्बिेनि मेडिकल कलेजका मेडिकल डाइरेक्टर राजु शाक्यले जानकारी दिनुभयो ।

मृत्यु हुने संक्रमितको १८ महिने एक छोरा र ६ वर्षकी एउटा छोरी छन । संक्रमित महिलामा ६ वर्ष अघि देखि मुटु रोगको समस्या रहेको थियो । उनले विगत ६ महिना अघि देखि मुटुको आंैषधी सेवन नगरेको पाइएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकास पन्थीले बताउनुभयो ।

संक्रमित महिलाको शव ब्यवस्थापनको लागि नेपाली सेनासँग थप समन्वय भईरहेको छ । संक्रमित महिलाको शव शनिबार विहान मात्र ब्यवस्थापन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय