माथागढीद्धारा ठुलो संख्यामा स्वाब संकलन

सुमन गाहा ।

माथागढी गाउँपालिकाले कर्मचारी सहित अग्र भागमा रहेका काम गर्नेहरुको पिसिआर परीक्षण गरेको छ ।

कोरोना महामारीका बेला अग्र भागमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, स्वास्थ्यकर्मीहरु, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेकाहरु, जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, शिक्षकहरु र मेडिकल सञ्चालकहरुको परीक्षण गरिएको हो ।

जिल्लामा संक्रमण समुदायस्तरमै पुगिसकेकाले परीक्षणको दायरालाई फराकिलो बनाउका लागि परीक्षणलाई तिव्रता दिइएको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा मगरले बताउनुभयो। परीक्षणले सम्पूर्ण समुदायको प्रतिनिधित्व गर्ने भएकाले नमूना परीक्षण कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष थापा मगरले जानकारी दिनुभयो ।

बुधबार वडा ४, ५, ६, ७ र ८ का ६८ जना र विहिबार १,२ र ३ का ७४ जना व्यक्तिहरुको परीक्षण गरिएको थियो । परीक्षणमा स्वास्थ्य शाखाका संयोजक केशव जिसी, किरण केसी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय