पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका वडा ३ को आबहानमा रहेको खुलखुले पार्कमा वृक्षारोपण गरिएको छ । खुलखुले सामुदायिक वन उपभोक्ता समितिको आयोजना र वडा कार्यालयको समन्वयमा वृक्षारोपण गरिएको हो ।
खुलखुले पार्कमा ११० फुल प्रजातिका विरुवा वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्याक्रममा सहभागी हुँर्दै वडा नं ३ का वडा अध्यक्ष प्रेम पाण्डेले खुलखुले पार्ककको संरक्षण र प्रवर्दनमा वृक्षारोपणले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । वडा अध्यक्ष पाण्डेले वडा कार्यालयले यस पार्कको थप पुर्वाधार निर्माणमा बजेट विनियोजन गर्ने बताउनुभयो ।
तिनाउ गाउँपालिका वडा नं ३ ले वडाबासिको समृद्धि र विकासको लागि महत्वपुर्ण कार्यक्रममा बजेट विनियोजन गर्दै आएको छ । वृक्षारोपणले उक्त पार्कको सौन्दर्यमामा टेवा पुगी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने अपेक्षा लिईएको छ ।