पाल्पामा समुदाय स्तरमा थप एक सहित चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका ३ मा होटल गरि बस्ने ४३ वर्षी महिलामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै रिव्दीकोट गाउँपालिका ५ मा २० बर्षीय युवाती र वडा नं ७ मा ९ वर्षीय बालिका र २९ वर्षीय महिलमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । उनिहरु आमा छोरी रहेको र ३ जना नै केही हप्ता अघि भारतबाट आएर होम क्वारेन्टाइन बसेको बताईएको छ ।
अहिले पाल्पामा तीन जना समुदाय स्तर सहित ५ सय ७३ जनामा कोरोना देखिएको छ । जस मध्ये ५ सय ६१ जना कोरोना जितेर घर फर्किएका छन भने एकजनाको मृत्यु भएको छ । आज थपिएका चार सहित पाल्पामा ११ जना सक्रिय कोरोना संक्रमित रहेका छन । यसैगरि जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा तानसेनका बासिन्दामा गरिएको कोरोना परीक्षणमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ । तानसेनस्थित बिशालबजार क्षेत्रमा कन्ट्रयाक्ट ट्रसिङ्का आधारमा स्वाब परीक्षण गरिएकामा सबैजनाको कोरोना भाइरस संक्रमण नदेखिएको हो ।
गत भदौँ २ गते विशालबजार क्षेत्रका बासिन्दा र संक्रमित महिलासँग सम्पर्कमा आएका गरी ३३५ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । ३३५ जनामध्ये ३२२ जनाको रिपोर्ट यस अघि नै नेगेटिभ आएको र बाकी १३ जनाको पनि आज रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जनाउनु भएको छ ।
गत साउन २९ गते तानसेन विशालबजारकी ४० वर्षिया महिलामा कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र सील गरिएको थियो । सील गरिएको क्षेत्रका हरेक घरको एक जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । प्रशासनले समेत पाल्पामा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।