पाल्पामा थप तीन जनामा कोरोना सङक्रमण देखिएको छ । तानसेन नगरपालिका ८, मदनपोखरा पीपलडाँडाकी ट्राभल हिस्ट्री नभएकी एक जना महिला र रामपुर नगरपालिकाका २ जना पुरूषमा कोरोना पुष्टि भएको हो ।
ज्वरो र रुखाघोकी लागेर लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि शुक्रबार पुगेकी महिलामा कोरोनाको लक्षण देखिएपछि शनिबार स्वाव संकलन गरी पठाइएकोमा थियो । आइतबार उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । उनको ट्राभल हिस्ट्री पत्ता लगाइ थप ब्यक्तिहरुको समेत परीक्षण गरिने जानकारी दिनुभयो ।
यस्तै रामपुर नगरपालिकाका २ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । परीक्षणका क्रममा पाल्पाको रामपुर नगरपालिका वडा नं ६ र वडा नं ९ मा गरी २ जनामा कोरोना पुष्टि भएको हो । होम क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना पोजेटिभ देखिएको दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थ प्रसाद ढुगांंनाले बताउनुभयो ।
संक्रमित मध्ये एक जना दुबैबाट र अर्की कपिलबस्तुबाट आएर होम क्वारेन्टाइन बसेको ढुगांनाले जानकारी दिनुभयो। जिल्लामा अहिले सक्रिय संक्रमित ६ जना मात्रै रहेका छन । अन्य ५६१ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन । कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यु भइसकेको छ ।