पाल्पा आज देखी फेरी एकहप्ता लकडाउन

पाल्पा । पाल्पामा कोभिड १९ संक्रमण रोकथामको लागि आज रातीदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

पाल्पाका प्रमूख जिल्ला अधिकारी रमेश न्यौपानेले भोली ५ गते राती १२ बजेदेखि भदौ १२ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गर्नुभएको हो । आज राती १२ बजेदेखि नीजि तथा सार्वजनिक यातायातका साधन चल्नमा रोक लगाइएको छ । यस्तै बैंक तथा वित्तिय संस्था, सामाजिक संघसंस्था, होटल तथा रेष्टुरेन्ट, ब्युटिपार्लर, कपडा पसल, शैलुन, जिमखाना, हार्डवयर पसल, सुनचाँदी पसल, फुटपाथ पसललगायत उद्योग कलकारखानासमेत खोल्न पाइने छैन ।

एम्बुलेन्स, शवबाहन, औषधी तथा खाद्य सामग्री बोक्ने गाडी, चल्ला तथा दानाका गाडी, पानी दूध, पेट्रेलियम पदार्थ बोक्ने गाडी, फलफूल तरकारी बोक्ने सवारी, झण्डाबाहक तथा कुटनीतिक नियोगका सवारी साधन भने चल्न दिइनेछ । यस्तै स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्यूत, खानेपानी लगायत सेवासहित एटीएम् काउन्टर पनि सञ्चालन हुनेछन् ।

औषधी पसल, पेट्रोल पम्प, ग्याँस डिपोहरु खुल्ने छन् भने खाद्य पसल, फलफूल, तरकारी पसल र दूध डेरी पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खुल्न दिने निर्णय भएको प्रमूख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय