पाल्पा,तानसेन ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं २ को सात पत्रे टोलमा एक घर एक धार पुगेको छ ।
स्थानिय निर्वाचनमा चुनावी ऐजेन्डा बनेको एकघर एक धारा घर घरमा पुगेसँगै यसले सार्थकता भएको हो । मंगलबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्षा ओम बहादुर घर्ती मगरले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा,प्रमुख प्रशासकिय अधिकृत दामोदर प्रसाद भण्डारी,वडा नं २ का वडा अध्यक्ष एंव गाउँ कार्यपालिकाका प्रवक्ता राजेश श्रेष्ठ,इन्जिनिय किसन कुवाँर लगायतले सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता पाखा पानि उपाभोक्ता समिति अध्यक्ष कर्ण बहादुर क्षेत्रीको अध्यक्ष्तामा र सञ्चालन सचिव निर्मला थापा मगरले गर्नुभएको थियो ।
तिन वर्ष देखि निरन्तर गाउँपािलकाले बजेट छुट्टाउर्दै आई कुल २७ लाख र उपभोक्ताको ५ लाखबाट खानेपानि योजना सम्मपन्न भएको थियो । खानेपानिबाट १२१ घरधुरी लाभवन्वित भएका छन ।
घरघरमा खानेपानिो धारा पुगेसँगै स्थानिय राहात मिलेको छ । एक गाग्री पानिकै लागि घण्टौ हिड्नु पर्ने बाध्यता हटेको छ । साथै कृषि उत्पादन बढाई आत्मनिर्भर हुन समेत फाइदा पुग्ने छ ।