पाल्पामा ७८० जनाको कोरोना रिपोर्ट आउन बाँकी,आज संक्रमण देखिएन्

पाल्पा,तानसेन ।

पाल्पामा आज कोरोना संक्रमण शून्य भएको छ । पाल्पाको आज परिक्षण भएका २८ जनाको स्वाब मध्ये कसैलाई पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । ६ दिन अघि पाल्पामा एक जना महिलामा कोरोना पोजेटिभ देखिएपछि संक्रमण नदेखिएको सुचना अधिकारी पन्थीले जानकारी दिनुभयो । अझै पाल्पामा ७८० जनाको कोरोना परिक्षण रिपोट आउन बाँकी छ । आज पाल्पाको रिब्दीकोट गाउँपालिकाबाट ८३ जनाको स्वाब संकलन गरिएको सुचना अधिकारी पन्थीले बताउनुभयो ।

पाल्पामा सोमबार समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंकमा विशाल बजार क्षेत्रबाट ३३५,बगनासकालि गाउँपालिका ५८ र रैनादेवि छहरा गाउँपालिकाबाट ३० गरि ४२३ जनाका स्वाब संकलन गरि परिक्षणको लागि भैरहवा प्रयोगशाला पठाईएको छ । कन्ट्रयाक ट्रेसिङ स्वारुप तानसेन नगरपालिका वडा नं ४ विशाल बजार क्षेत्र सहित उपचारमा संलग्न लुम्बिेनि मेडिकल कलेज प्रभासका चिकित्सक सहितको स्वाब संकलन गरि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको छ ।

पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि तानसेन नगरपालिक वडा नं ४ विशाल बजार क्षेत्र सिल गरिएको छ । संक्रमण समुदाय स्तरमा पुगेको आशंकमा स्थानियमा त्रास समेत बढेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय