पाल्पा,१ भाद्र ।
पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंकमा ठुलो मात्रमा स्वाब संकलन गरिएको छ ।
जिल्लाको तानसेन स्थित सिल गरिएको बिशालबजार क्षेत्रबाट ३ सय ३५ जनाको स्वाब संकलन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । समुदाय स्तरमा ५ दिन अघि एक महिलामा कोरोना संक्रमण पुष्टी भएपछि त्यस क्षेत्रबाट स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । स्वाब संकलन संक्रिमित महिला बसोबास गरेको क्षेत्र र लुम्विनी मेडिकल कलेजमा उपचारमा संग्लगन स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको निमित्त प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
घरमा बसेकी तानसेन–४, की ४० वर्षीया महिलामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रसिङ् स्वारुप २१९ पुरुष र ११६ महिलाको स्वाब संकलन गरिएको हो । घरमै बसेकी महिलालाई कोरोना संक्रमण देखिएपछि जिल्ला स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समितिले तानसेन नगरपालिका वडा नं ४ को विशाल बजार क्षेत्रलाई ५ दिन देखि सिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयको स्वाब परीक्षण मापदण्ड अनुसार संक्रमण भएको ५ देखि ७ दिनको बीचमा कन्टङयाक्ट ट्रसिङ् गर्नुपर्ने प्रवधान अनुरुप स्वाब संकलन गरिएको हो । यही मापदण्डका आधारमा स्वाब सङ्कलन गरिएको हो । कन्ट्रयाक्ट ट्रसिङ्का आधारमा मात्र कुन स्थान र कोबाट कोरोना स¥यो भन्ने पत्ता लाग्नेछ । यसले कोरोनाबारे थप सजगता र उपचारका लागि सहज हुने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।