काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन् । बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म भैँसेपाटीस्थित गौतम निवासमा भएको भेटमा पार्टीभित्रको विवादका विषयमा छलफल भएको थियो ।
ओलीको सपोर्ट हुनेगरी ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका गौतमलाई भेट्न बिहान ११ बजे प्रचण्ड गौतम निवास पुगेका थिए । झण्डै एकघन्टा छलफल गरेर प्रचण्ड फर्किएका छन् । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले पार्टी भित्रको विवादमा छलफल भएको जानकारी दिए ।
एकाएक आफूलाई सहयोग हुनेगरी गौतमले ६ बुँदे प्रस्ताव तयार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली गएको १३ गते बेलुकी एक्कासी भैँसेपाटी पुगेका थिए ।