काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले व्यवस्थामाथि नै प्रश्न उठ्नेगरी किन भइरहेको भन्दै प्रश्न गरेका छन् । पछिल्ला घटनाक्रमका विषयमा चासो राख्दै उनले समयमा नसोचेमा परिणाम सकरात्मक नहुने चेतावनी पनि दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रकाशले न्यायालय, राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्नेगरी न्यायालयबाट निर्णय भएको बताएका छन् । उनले लेखेका छन्,’के हुदैछ यस्तो? न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ? बास र छाक टार्ने समस्याबाट पिडीत गरीब चेपाङ युवाको हत्या सँवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ?हद भयो ,असह्य भयो।’
न्याय स्थापित गरेर दोषीलाई कारबाही गर्नुपर्ने आवाजलाई समयमा सम्बोधन गर्न नसकेमा सकरात्मक परिणाम प्राप्त गर्न नसकिने उनले चेतावनी दिए । उनी थप्छन्,’न्याय स्थापित होस् र दोषी माथि कार्बाही होस् । यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अङ्ग हरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई ब्यबहारत: अभ्यास गरौं र बिकास गरौं ।अन्यथा निरासा,आक्रोस ,अनिश्चय र तरलता को परिणाम के होला? समयमै सबैले सोचौं।परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न ।’
https://nagarikkhabar.com/category/%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C