काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गृह मन्त्रालयप्रति आक्रामक हुँदै ट्वीट गरेका छन् ।
एक ठाउँबाट अर्को ठाउँमा जानका लागि असहज भएको सर्वसाधारणको स्थितितर्फ इंगित गर्दै उनले गृह मन्त्रालयको आलोचना गरेका हुन् ।
कोरोनाका कारण लकडाउन खोलिएको भनिएपनि सर्वसाधारणले भने अहिले पनि सास्ती व्यहोर्दै आएका छन् । एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने नियम अहिले पनि कायम छ । नेकपाका नेतासमेत रहेका बास्कोटाले भनेका छन्, ‘बेकारको सास्ती के उद्देश्यले यात्रुलाई दुःख दिएको ?’
उनले ट्वीट गरेका छन्, ‘ गृह मन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने एक किलोमिटर हिडाउने फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती के उदेश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ।