उपाधि जित्ने युभेन्टसको योजनामा उडिनेजेद्वारा अवरोध

एजेन्सी । इटालियन सिरी एु फुटबलमा लिग लिडर युभेन्ट्स पराजित भएको छ ।

उपाधि नजिक रहेको युभेन्ट्स गएराति उडिनेजेसँग दुई एक गोल अन्तरले पराजित भएको हो ।

उडिनेजेको घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो ।

खेलको ४२औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ५२औं मिनेटमा लिजा नेस्टोरभोस्कीले गोल गर्दै उडिनेजेलाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई दु्ई एक गोल अन्तरले जित दिलाएका थिए ।

उडिनेजेसँग पराजित भएसँगै युभेन्ट्सले उपाधि जित्न अर्को खेल कुर्नुपर्ने बाध्यता थपिएको छ ।

उपाधिका लागि युभेन्ट्सलाई ३ अंकको आवश्यकता रहेको छ । उडिनेजेलाई हराउन सकेको भए युभेन्ट्स तीन खेल अगावै च्याम्पियन बन्ने थियो ।

तर, युभेन्ट्सले च्याम्पियन बन्ने मौका गुमाएको छ ।

युभेन्ट्स लगातार नवौं सिजन सिरी एु को उपाधि जित्ने संघारमा रहेको छ ।

युभेन्ट्सले सन् २०११ र १२ को सिजन यता लगातार उपाधि जित्दै आइरहेको छ ।

यस सिजनको उपाधि जितेमा युभेन्ट्सले ३६औं सिरी एुको उपाधि हात पार्नेछ ।

घरेलु टोलिसँग पराजित भएको युभेन्ट्सले ८० अंक जोडेको छ ।

युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ ।

उडिनेजे ३९ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय