‘सावधानी अपनाए सर्पको डसाइबाट बच्न सकिन्छ’

काठमाडौं । सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारले औँल्याएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठनको सर्पविज्ञ समूहका सदस्य डा सञ्जीव शर्मा सर्पदंशमा सबैलाई विषालु सर्पले डसेको हुँदैन । कतिपयमा विषालु सर्पले विष प्रवाह गर्दैन ।

सर्पले आत्मरक्षामा डस्दा मात्र विष छाड्छ । त्यसैले अस्पताल आएका ९० प्रतिशत बिरामीमा विष हुन्न । बाँकी १० प्रतिशतमा समयमै उपचार गर्न सके बचाउन सकिन्छ भन्छन् । चिकित्सक शर्माको भनाइ अनुसार कडा विष भएको गोमन सर्पले एक्कासि मानिसलाई डस्दैन । मानिसले चलाउँदा स्वर निकालेर तर्साउँछ । टेरेनन् भने मात्र डस्छ ।

पहिलो डसाइमा उसले विष छाड्दैन । चलाइरह्यो भने दोस्रो पल्ट विषसहित डस्ने गर्छ । कडा विष भएको करेतले प्रायः मानिस सुतेका ठाउँमा र जम्काभेट भएका ठाउँमा डस्छ । तराईमा हुने अत्यधिक करेतको डसाइ राति भुइँमा खुला सुतेका व्यक्तिमा हुने गरेको पाइएको छ ।

सानो सर्पलाई मानिसको हात, खुट्टा वा शरीरले थिच्दा चोट लाग्छ । राति टोकेको थाहा नपाउँदा बिहान बिरामीको अवस्था पक्षघात जस्तो हुन्छ । जसलाई बचाउन कठिन पर्छ । करेतबाट बच्न खाटमा झुल हालेर सुत्ने र टोकेको शङ्का लागेमा तत्काल अस्पताल जानुपर्छ । करेतले टोकेको चिह्न देखिन्न तर गोमनले टोक्दा घाउ देखिन्छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय