महिलामन्त्रीको निर्देशनमा ज्यान जोखिममा परेकी खोटाङकी सुत्केरी महिलाको हवाई उद्धार

खोटाङ । खोटाङकी एक सुत्केरी महिलाको सैनिक हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको बिशेष पहलकदमीमा आज ती सुत्केरी महिलाको उद्धार गरिएको हो ।

प्रहरीका अनुसार, जुम्ल्याह बच्चा जन्माएपछि अत्याधिक रक्तश्राव भइ ज्यान जोखिममा परेकी खोटाङको दिप्रुग चुइचुम्पा वडा नं. ५ की वर्ष २२ की रेनु बमलाई नेपाली सेनाको हेलिकप्टर बाट उद्दार गरी काठमाडौं ल्याइएको हो ।

खोटाङ प्रशासनले सुत्केरी महिलाको ज्यान जोखिममा परेको जानकारी आउन साथ मन्त्रालयले तदारुकताका साथ उद्धारको ब्यवस्था मिलाएको हो ।

पछिल्लो समय राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको उद्धार हुँदै आएको छ । सो कार्यक्रम महिलाहरुका लागि बरदान सावित बन्दै गएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय