अस्पतालमा के गर्छन् ‘कोरोना पोजेटिभ’ अमिताभ बच्चन ?

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण भएपछि अस्पतालमा उपचाररत छन् । गत जुलाई ११ मा मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका बच्चनको श्रीमतीबाहेक पुरै परिवार सोही अस्पतालमा रहेका छन् ।

अस्पतालमा रहेका बेलापनि सिनियर बच्चन सामाजिक सञ्जाल र शारीरिक व्यायममा सक्रिय रहेका छन् । सामाजिक सञ्जालमा उत्प्रेरणा दिने ट्विटहरु गरिरहेका हुन्छन् । तर अस्पतालमा उनको दिनचर्या भने निकै सामान्य रहेको बताइएको छ ।

अमिताभ आफ्नो सन्तुलित दिनचर्याका लागि प्रख्यात रहेका छन् । हरेक विहान योग गर्ने उनी खानपान र व्यवहारमा पनि निकै शालिन रहेका छन् । सामाजिक सञ्जालमा आफ्ना प्रशंसकहरुसंग अन्तक्र्रिया गरिरहेका हुन्छन् ।

अमिताभ यतिबेला पत्नी जया बच्चनबाहेक छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्याका साथमा अस्पतालको एक अलग फ्लोरमा रहेका छन् । उनको परिवार रहेको वार्डमा अन्यको प्रवेशमा रोक लगाइएको छ ।

अमिताभ अस्पतलामा पनि नियमित योग गरिरहेका छन् । उनी हरेक दिन ब्लगसमेत लेखिरहेका छन् । शारीरिक र मानसिक रुपमा स्वास्थ रहनका लागि उनी निकै सक्रिय जीवन बिताउने अग्रज कलाकारमा पर्छन् ।

अस्पतालमा रहेका अमिताभको स्वस्थ्य अवस्थामा कुनै खरावी नरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमितलाई सात दिनको उपचार र १० दिनको निगरानीमा राख्नुपर्ने नियम अनुसार उनलाई यतिबेला स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । उनको कोरोना परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएपश्चात अस्पतालले डिस्चार्ज गर्ने बताएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय